|  

प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा बस्यो आकस्मिक बैठक 

१५ चैत, काठमाडौं । राजावादी समर्थकहरुको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।

अहिले गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोलीको बैठक बसेको हो । बैठकमा प्रदर्शनको समीक्षा भइरहेको र आगामी योजनाबारे निर्णय हुने बताइएको छ ।