|  

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक 

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुकी बस्ने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति हिंसात्मक गतिविधिमा लागेपछि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । एक मन्त्रीको सचिवालयले बेलुकी ८ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको जानकारी दिए ।