|  

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

१५ चैत, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ ।

आज दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको छ । प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । उनको घाँटीमा गोली लागेको थियो । अस्पताले भनेको छ, ‘४ः ३० बजे अस्पताल ल्याउँदा अस्पताल आउँदा नै मृत्यु भएको थियो । घाँटीमा गोली लागेको रहेछ ।’