मंगलवार १९ चैत्र, २०८१  | Tuesday 1 April, 2025 

दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई मार्ने उद्धेश्यले गाडी चलाएपछि स्थिति बिग्रिएकाे गृह मन्त्रालयकाे निष्कर्ष

१५ चैत, काठमाडौं । सरकारले दुर्गा प्रसाईँले सुरक्षाकर्मीलाई लक्षित गरेर मार्ने नियतले गाडी चलाएपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको छ ।

सुरक्षा प्रमुखहरूको बैठकपछि गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा यो निष्कर्ष सुनाइएको हो । गृह मन्त्रालयले राजावादीको प्रदर्शनलाई हिंसात्मक र खेदजनक भनेको छ । दुर्गा प्रसाईको अगुवाइमा तीनकुनेमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति, अस्पताल तोडफोड र आगजनी भएको मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘तीनकुनेमा राजावादी हिंसात्मक प्रदर्शन भयो । पूर्वराजाका समर्थकद्वारा भएको गतिविधि दुःखदायी र खेदजनक छ । संविधानले दिएको स्वतन्त्रता नै लाज लाग्ने खालको देखियो । दुर्गा प्रसाईँले सुरक्षाकर्मीलाई लक्षित गरेर मार्ने नियतले सवारी चलाएपछि अवस्था बिग्रिएको हो । निजी सम्पत्ति जोडफोड अस्पताल व्यापारिक तोडफोड गर्ने मानिसलाई भित्र राखेर घरमा आगो लगाउने गर्ने घटना भएको छ ।’

मन्त्रालयले कीर्तिपुर ४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी पनि दिएको छ । जडिबुटी कारखानामा ८ सवारीमा आगजानी गरिएको छ ।