|  

राप्रपा नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर पक्राउ

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् ।

प्रहरीले केहीबेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको हो । आजको घटनाबारे अनुसन्धानका लागि ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु दुवै जनालाई अस्पतालमा घाइतेलाई भेटेर फर्कने क्रममा नियन्त्रणमा लिएको हो । मिश्रले भनेका छन, ‘अहिले हामी दुवै जना घाइतेलाई भेटेर अस्पतालबाट फर्कंदै थियौं । सोही क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।’