१५ चैत, काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो । उपत्यका प्रहर प्रमुख एआईजी टेकबहादुर तामाङले नेपाल पक्राउ परेको पुष्टि गरे । यसअघि उपत्यका प्रहरीले जन आन्दोलन परिचालन समितिको संयोजन समितिका सदस्य रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राप्रपा महामन्त्री डा। धवलशमशेर राणालाई पनि नियन्त्रणमा लिएको छ ।
उनीहरू सबै आन्दोलनको क्रममा घाइते भएका आन्दोलनकारीहरूलाई भेट्न विभिन्न अस्पताल पुगेका थिए ।