१५ चैत, काठमाडौं । सरकारले राजावादीहरुले काठमाडौंको तीनकुनेमा घटाएको घटनाक्रमप्रति घोर भत्र्सना गरेको छ ।
आज अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको सरकरका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने निर्णय भएको पनि उनले बताए ।
त्यस्तै, आजको घटनामा घाइते भएकाहरूको उपचार व्यवस्था सरकारले नै मिलाउने निर्णय भएको पनि उनले जानकारी दिए । आजको घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ । आगामी दिनमा यस्ता घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने समेत निर्णय भएको सूचना सञ्चार तथा प्रविधिमन्त्री समेत रहेका गुरुङले जानकारी दिए ।