मंगलवार १९ चैत्र, २०८१  | Tuesday 1 April, 2025 

भोलि बिहान सात बजेसम्मका लागि थपियो कर्फ्यु

१५ चैत, काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कफ्र्युको समय थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भोलि बिहान ७ बजेसम्मका लागि कफ्र्युको समय थप गरिएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कफ्र्यु आदेश गरेको थियो । शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कफ्र्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको छ ।