१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार र आन्दोलनरत पक्षलाई संयमता अपाउन आग्रह गरेका छन् ।
आजको घटनाप्रति दुःख व्यक्त गर्दै उनले दुवै पक्षले वार्ताको माध्यमलाई उपयोग गर्नुपर्ने सुझाव दिएका छन् । उनले भने, ‘सबै पक्षलाई संयमता अपनाउन र सम्वादको बाटोबाट समाधान गर्न अपिल गर्दछु । मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्छु ।’
यता, राप्रपाकै नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणाले भने यस्तै आन्दोलन नरोकिने चेतावनी दिइरहेका छन । अध्यक्ष लिङदेनसँग फरक मत राख्दै आएका मिश्र र राणाले दुर्गा प्रसाईंको आन्दोलनलाई साथ दिंदै आएका छन । आज पनि मिश्र र राणा प्रदर्शनमै थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिइसकेको छ ।