१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।
राजावादी समूहको प्रदर्शनले हिंसात्मक रुप लिएपछि सिर्जित भएका घटनाक्रमबारे उनले सुरक्षा अधिकारीहरुसँग ब्रिफिङ लिएका हुन । छलफलमा गृहमन्त्री रमेश लेखकसँगै प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दिपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए । त्यसक्रममा उनीहरुले राजावादी समूहका प्रदर्शनकारीले प्रहरीलाई समेत उक्साउने किसिमले गतिविधि गरेको ब्रिफिङ गरेको एक अधिकारीले जानकारी दिए ।
सुरक्षा अधिकृतहरुले मृतक दुई जनामध्ये एक जनाको गोली लागेर ज्यान गएको र एभिन्यूज टेलिभिजनका पत्रकारको राजावादीले निरन्तर ढुंगा हान्दा ज्यान गएको प्रधानमन्त्रीलाई सुनाएका छन । घटनामा २२ जना घाइते भएका छन ।