|  

दुर्गा प्रसाईंविरुद्ध मानवहत्याको अभियोग लगाउने तयारी

१६ चैत, काठमाडौं । हिजोको हिंसात्मक प्रदर्शनलाई उत्तेजक बनाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं मानवहत्याका लागि प्रेरक बनेको सुरक्षा निकायले ठहर गरेको छ ।

उच्च सुरक्षास्रोतका अनुसार उक्त प्रदर्शनको अगुवाई गर्ने प्रसाईंविरुद्ध मानवहत्याको अभियोगमा मुद्दा चलाउने तयारी छ । आज काठमाडौंको कोटेश्वर, तीनकुने क्षेत्रमा भएको हिंसात्मक गतिविधिलाई उक्साहट गर्ने राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलसमशेर राणाविरुद्ध मतियारका रुपमा मुद्दा चलाउने तयारी छ ।

गय राति प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले आईजी दीपक थापासँग यसबारे परामर्श गरेका थिए । त्यसक्रममा आईजी थापाले मानवहत्याको अभियोग लगाउने कानुनी आधार रहेको जवाफ दिएका थिए ।

पक्राउ परेका आरोपीलाई भोलि अदालतमा पेश गरिने भनिएको छ । त्यसअघि कुन मुद्दामा म्याद थप्ने भन्ने टुंगो लाग्छ । प्रसाईंविरुद्ध मानवहत्याको कसुरमा मुद्दा चलेर ठहर भएमा सर्वश्वसहित जन्मकैद हुनसक्छ ।