|  

अर्जेन्टिनासँगको हारपछि ब्राजिलका प्रशिक्षक बर्खास्त

१६ चैत, काठमाडाैं ।  अर्जेन्टिनासँगको विश्वकप छनोट फुटबलमा ४–१ को पराजयपछि ब्राजिलले प्रशिक्षक डोरिभल जुनियरलाई बर्खास्त गरेको छ।

सन् २०२४ को जनवरीदेखि उनले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए । इङ्गल्यान्डसँगको पहिलो मैत्रीपूर्ण खेलमा १–० को सफलता दिलाएका उनको कार्यकालमा ब्राजिलले ७ खेलमा जित हात पारेको थियो भने ६ बराबरी गर्नुका ३ खेलमा पराजयको सामना गरेको थियो ।

विश्वकपमा छनोट भइरहेको अर्जेन्टिनासँग भएको फराकिलो हारपछि उनलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षकको खोजी सुरु गरिएको हो।