१६ चैत, काठमाडौं । समाजवादी मोर्चाका नेताहरुले राजावादीहरूले आगजनी गरेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।
मोर्चामा आवद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपाका महासचिव विप्लव, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायतका नेताहरूले आलोकनगर पुगेर कार्यालयको अनुगमन गरेका हुन । अनुमगनपछि नेताहरूबीच त्यहीँ छलफल भएको छ । तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा उत्तेजित बनेका राजावादीहरूले शुक्रबार एकीकृत समाजवादीको कार्यालयमा आगजनी गरेका थिए ।