१६ चैत, काठमाडौं । सिराहामा महायज्ञका गर्न भन्दै घर भत्काइएको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा भएका छन् ।
जिल्लाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपकुमार यादव धरौटीमा रिहा भएका हुन् । उनीहरूलाई हिजो जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजालसले जनही एकरएक लाख रूपैंया बुझाएर छाड्न आदेश दिएको थियो । आदेशलगत्तै धरौटी रकम बुझाएर रिहा भइसकेको स्रेस्तेदार नीरज पोखरेलले जानकारी दिए । उनका अनुसार पालिका अध्यक्ष र पूर्ववडाध्यमाथि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । उनीहरूमाथि महायज्ञका गर्न फागुन १० गते सोही वडाका दीपक मल्लिक (डोम)को घर भत्काइएको आरोप छ । महायज्ञका मूल पुजारी बजरंगी बाबा भने अझै फरार छन् ।