|  

रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

१६ चैत, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्न लागिएको रास्वपाले जनाएको छ । बैठकमा विकसित राजनीतिक घटनाक्रमबरे छलफल गर्न र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल हुने बताइएको छ ।

शुक्रबार भएको राजावालीको हिंसात्मक आन्दोलनका क्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलाएका थिए ।