|  

हिजो तीनकुनेबाट भागेर धर्मगुरू खतिवडाको घर पुगेका थिए दुर्गा प्रसाईं !

१६ चैत, काठमाडाैं ।  काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेको छ ।

उनको खोजी गर्न प्रहरीले विभिन्न युनिट परिचालन गरेको छ। तर उनी फेला परेका छैनन् । यद्यपि शुक्रबार तीनकुनेबाट फरार हुनुअघि प्रसाईं धर्मगुरू पुस्कर खतिवडासँगै भागेको खुलेको छ।

कार्यक्रमस्थलबाट प्रसाईं खतिवडासँगै निस्किएका थिए। इमाडोलस्थित घरमा केहीबेर बसेर प्रसाईं त्यहाँबाट पनि फरार भएका हुन् । धर्मगुरू खतिवडा भने पक्राउ परेका छन् । प्रहरीका अनुसार उनको मोबाइल अफ छ।मोबाइलको अन्तिम लोकेशन गैरीगाउँ देखिएको थियो।