१६ चैत, काठमाडाैं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलन जारी रहेको जनाएको छ ।
शनिबार समितिले विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहेको बताएको हो । आन्दोलनको नेतृत्वको जनता स्वयंले गरेको समितिले दाबी गरेको छ ।
कसैको इसारामा आन्दोलन नहुने समितिले बताएको छ ।शुक्रबार तीनकुनेका भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता रहेको भन्दै बदनाम गराउने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ ।