१६ चैत, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले शुक्रबारको आन्दोलनमा बुद्धि नपुर्याएको भए गाडीभित्रै राखेर आगो लगाउने तयारीमा प्रदर्शनकारी रहेको बताएका छन् ।
उनलाई रोकेर उनी चढेको गाडीमा प्रदर्शनकारीले आगजनी गरेका थिए ।
‘म संसदबाट भक्तपुर निवास जाँदै थिएँ, बालकुमारी पुल छेउमा प्रदर्शनकारीले रोकेर गाडीमा आगो लगाए,’ परियारले भने, ‘म बसेको ढोका लक भएको रहेछ । अलिकति बुद्धि नपुर्याएको भए भित्रै राखेर आगो लगाउने रहेछन् ।’
उनले गाडीभित्र रहेका ल्यापटपसहितका कागजात केही पनि बाहिर निकाल्न नपाएको बताए ।