|  

पक्राउ परेका नेता कार्यकर्ता भेट्न पुगे राप्रपा पूर्वअध्यक्षद्वय राणा र लोहनी

१६ चैत, काठमाडौं । राप्रपाका पूर्वअध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले हिजो राजावादीहरुको प्रदर्शनपछि पक्राउ परेका नेता कार्यकर्ता भेट्न पुगेका छन् ।

उनीहरु पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्सेर जबरासहित पार्टीका नेता कार्यकर्ता भेट्न प्रहरी परिसर भद्रकालीमा पुगेका हुन । आन्दोलनमा हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै हिजो राप्रपाका नेताहरु पक्राउ परेका छन् । त्यसबारे छलफल गर्न राप्रपाको बैठक आजै बस्दैछ । लोहनीले मिश्र र जवरासहित पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न माग गरेका छन् ।