१६ चैत, काठमाडाैं । राजावादी शुक्रबार (चैत १५)कोटेश्वरमा जलाएको एउटा स्कोरपियो खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको भएको पत्ता लागेको छ ।
जीपी मल्टी ट्रेडिङ कन्सर्न प्रालि कोटेश्वरमा मर्मत गरी फर्कने क्रममा राजावादी समूहले स्कोरपियो जलाएको नगरपालिकाले विज्ञप्तिमार्फत जानकारी गराएको छ । राजावादी समूहले बा२झ ४१०० नम्बरको स्कोरपियो जलाएको थियो ।