|  

म्यान्मार भूकम्पमा परेर १७ जना नेपालीको मृ#त्यु !

१६ चैत, काठमाडाैं ।  म्यान्मारमा शुक्रबार गएको भूकम्पमा परेर अहिलेसम्म १७ जना नेपालीको निधन भएको छ। तीमध्ये अहिलेसम्म ९ जना नेपालीको शव भेटिएको छ।

बर्मेली नेपाली साहित्यकार लक्ष्मण न्यौपानेका अनुसार अरु नेपालीभाषीको शव खोजी भइरहेको छ। सबैभन्दा धेरै क्षति मान्डेलेमा भएको देखिन्छ ।

निधन भएका नेपालीभाषीहरू पनि उतैतिरका हुनुहुन्छ’ उनले भने ‘नौजना नेपालीको शव फेला देवी सिंखडाका छोरा खतिवडा, दाहाललगायतका परिवारका सदस्यहरूको निधन भएको छ ।’शुक्रबार गएको ७.९ रेक्टरस्केलको भूकम्पमा परी अहिलेसम्म १ हजारभन्दा धेरैको शव भेटिइसकेको छ।