|  

सर्वेन्द्रको स्पष्टीकरणः मैले कोही आऊ, देश बचाऊ भनेको छैन

१६ चैत, काठमाडाैं । नेपाल प्रहरीको पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले आफू पूर्वराजाको पक्षमा नरहेको प्रष्टिकरण दिएका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको अपिलमा नाम उल्लेख गरिएपछि उनले यस्तो प्रष्टिकरण दिएका हुन् ।

‘कसैलाई आउ भन्नु पर्ने जरुरत छैन,’ खनालले भने, ‘कोही आउ, देश बचाउ भन्ने पक्षमा म छैन ।’ उनले केही दिनअघि भएको भनिएको छलफलमा पूर्वराजाका पक्षमा आफूले कुनै धारणा नराखेको पनि दावी गरे ।