१६ चैत, काठमाडाैं । झापामा तीन जना भुटानी शरणार्थी पक्राउ परेका छन् । प्रहरीले शनिबार तीन जना भुटानी शरणार्थीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन् । अमेरिकाबाट विभिन्न देश हुँदै भुटानी शरणार्थीहरू नेपाल आएको प्रहरीले सूचना पाएको थियो।
उक्त सूचनाको आधारमा खटिएको टोलीले शनिबार दिउँसो २ बजे दमक नगरपालिका–३ बेलडागी शिविरबाट पक्राउ गरेको हो।