|  

दलहरूले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छः जनार्दन शर्मा

१६ चैत, काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरन्तर सुधारको बाटोबाट मात्रै परिवर्तनको बाँकी काम पूरा हुने दाबी गरे।

उनले राजनीतिक दलहरुले पनि आफ्ना व्यवहार सुधार गर्दै अघि बढ्नुपर्ने बताए। उनले जनताले राजनीतिक दलहरुबाट सुधार मागिरहेको भन्दै हरेक क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए।

उनले आफ्ना कमजोरीको आत्मलोचनासहित जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

आन्दोलनकारीहरुको माग, भावनालाई सम्बोधन गर्नुपर्ने बताए। संघीय लोकतन्त्र बिथोल्न हिंसा र अराजकता फैल्याउने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर हुनुपर्ने बताए।