|  

तीनकुने घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न रास्वपाको माग

१६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजसंस्था पक्षधरको प्रदर्शनको क्रममा शुक्रबार तीनकुनेमा भएको घटनाको अनुसन्धान गर्न छानबिन आयोग गठनको माग गरेको छ।

शनिबार बसेको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए।

शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी भएको थियो।