१६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ।
शनिबार पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुनेमा मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने बताएका हुन्।
उनले घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने ठहर गरेको बताए। शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।