१७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादीहरूले क्षति पुर्याएका विभिन्न स्थानको भौतिक संरचनाको निरीक्षण गरेको छ ।
आज रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, कोषाध्यक्ष लिमा अधिकारी लगायतको टोलीले राजावादीले क्षति पुराएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, काठमाडौंको तीनकुनेको भवन आगलागी लगायतका भौतिक संरचनाको निरीक्षण गरेको हो । जडिबुटीदेखि क्षतिग्रस्त सबै स्थानको निरीक्षण गरिएको रास्वपा कार्यवहाक सभापति अर्यालले बताए ।
उनले हिंसात्मक गतिविधि राजनीतिक आन्दोलन हुन नसक्ने भन्दै उक्त घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे । उनले समयमा नै राज्य चनाखो बन्न नसक्दा ठूलो धनजनको क्षति भएको बताउँदै यसमा सुरक्षा कमजोरी देखिएको बताए । उनले शान्ति सुरक्षामा सरकार चूकेको भन्दै आगामी दिनमा यस्ता घटना घट्न नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।