१७ चैत, काठमाडाैं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले देशमा संकट परेको बेलामा सबै दल मिलेर जानुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद अवरुद्ध भएको बताएका छन् ।
आज विपक्षीहरुको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा समस्या परेको बेलमा सांसदहरुले एकतावद्ध भएर संसदमा आफ्नो कुरा राख्न पाउने प्रचलनविरुद्ध प्रतिपक्ष लागेको बताए । सभामुखले आपतकालीन समय उपलब्ध गराउने भन्दा भन्दै प्रतिपक्षीहरुले संसद अवरुद्ध गरेको उनको भनाइ छ । उनले प्रधानमन्त्रीले सोमवार संसदमा जवाफ दिने भनेर सभामुखले जानकारी दिँदा पनि विपक्षीले संसद चल्न नदिएको बताए ।
सांसद खतिवडाले तीनकुने घटनाको प्रसंगमा संविधान मान्छु भनेर शपथ लिएर आउनेले संविधान समाप्त पार्ने खेल खेलेको आरोप लगाए ।