१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज साँझ बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लाई निषेध गरिएको छ ।
गणतन्त्र पक्षधर भनिएको सर्वदलीय बैठकमा राप्रपा र रास्वपा दुवैलाई नबोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले भने, ‘प्रधानन्त्रीज्यूले बोलाउने भएको सर्वदलीय बैठकमा रास्वपा र राप्रपा दुवै दललाई बोलाइएको छैन । आवश्यक नभएर नै नबोलाएको हो ।’
शुक्रबार राजधानीको तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि प्रधानमन्त्री ओलीले गणतन्त्र पक्षधरहरूको बैठक बोलाएका हुन ।