१८ चैत्र, काठमाडौं । लेखक एवम् पूर्वराजदूत कमल कोइरालाको निधन भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत कोइरालाको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
कोइराला केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका थिए ।उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका एक मात्र कम्युनिस्ट नेताका रूपमा परिचित कमल पार्टी कामसँगै पत्रकारितामा पनि समानान्तर रूपमै सक्रिय थिए ।
वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए । उनी एमालेका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसल्लाहकारसमेत हुन् । पार्टी विभाजन भएपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेका थिए थिए। उनको आज बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली सभा राखिएको छ।