१८ चैत्र, काठमाडौं । बाजुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खप्तडछेडेदह गाउँपालिका–३ धुरतोलाका ८ वर्षीय बालक विजय रावत रेहका छन् । उनलाई घरदेखि करिब दुई किलोमिटर टाढा रहेको गोठको आगनमा बाघले आक्रमण गरेको थियो ।
रावतलाई आगन नजिकै रहेको पानीधारामा बाघले आक्रमण गरेकोमा करिब डेढ सय मिटर पर पुगाएर छाडेको थियो । रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।