|  

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

१८ चैत्र, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा को केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।  बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ ।

पार्टी सभापति रवि लामिछानेले पार्टी जिम्मेवारीमा फर्कंदैछन्। गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत अभियोगमा उनी पक्राउ परेका थिए । त्यसयता पार्टीको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सम्हाल्दै आएका थिए ।

सभापति लामिछाने जिम्मेवारीमा फर्कने भएपछि अर्यालले धन्यवाद दिने र बैठकको अध्यक्षता गराउने कार्यसूची छ। सभापति लामिछानेले अध्यक्षता गर्ने दोस्रो बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ गर्ने लगायतको कार्यसूची छ ।