१८ चैत्र, काठमाडौं । म्यानमारमा शुक्रबार गएको भूकम्पपछि भत्किएको घरमा पुरिएका चार जनाको ६० घण्टापछि उद्धार गरिएको छ ।
उत्तरी सागाइमा भत्किएको घरबाट उनीहरूको उद्धार भएको जनाइएको छ । म्यानमार र थाइल्यान्डमा अझ पनि सयौं मानिस हराइरहेका छन् । ७ दशमलव ७ म्याग्निच्यूडको सो भूकम्पमा परेर १७ सय जना भन्दा बढीको ज्यान गएको छ ।
थाइल्यान्डको राजधानी बैंककमा भने १८ जनाको ज्यान गएको छ भने ७६ जना अझ हराइ रहेका छन् ।उद्धार कार्य चलिरहेकै समयमा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग पुग्नेक्रम सुरु भइसकेको छ ।