|  

 मजाक गरेको होइन तेस्रो कार्यकाल राष्ट्रपति हुने उपायबारे विचार गरिरहेको छुः  ट्रम्प

१८ चैत्र, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो कार्यकाल पनि अमेरिकी राष्ट्रपति बनेर देशको सेवा गर्नेबारे विचार गरिरहेको बताएका छन् ।

अमेरिकी संविधानअनुसार एक व्यक्ति दुईपटकमात्र राष्ट्रपति हुनसक्छ । राष्ट्रपति ट्रम्पको यो दोस्रो कार्यकाल हो । उनको दोस्रो कार्यकाल सन् २०२९ को सुरुमा समाप्त हुनेछ ।

राष्ट्रपति ट्रम्पले आफ्नो निजी गल्फ क्लब फ्लोरिडाको मार–ए–लागोबाट एनबीसी न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा भने, “मैले मजाक गरेको होइन, त्यहाँ केही उपायहरू छन् जसअनुसार योजनालाई सफल पार्न सकिन्छ ।”

राष्ट्रपति ट्रम्पको भनाइअनुसार तेस्रो कार्यकाल सम्बन्धी संवैधानिक बाधालाई हटाउने उपायबारे उनले विचार गरिरहेको स्पष्ट संकेत दिएको छ ।