|  

तीनकुनेमा भेला भएर मोटरसाइकल र्‍याली निकाल्दै एमाले

१८ चैत्र, काठमाडौं ।नेकपा एमालेले आज सोमबार देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली निकाल्दै छ ।

गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल र्‍यालीको आयोजना गरेको एमालेले जनाएको छ ।

काठमाडौँ उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्‍याली निकाल्ने एमालेले जनाएको छ । बेलुका चार बजे तीनकुनेमा जम्मा भएर र्‍याली निकाल्ने तयारी गरेको एमाले नेताहरूको भनाइ छ ।