१८ चैत्र, काठमाडौं । काठमाडौं महानगरपालिकालाई जरिवाना रकम तिर्न राजावादीले ६ लाख ८२ हजार रुपैयाँ संकलन गरेका छन् ।
हालसम्म ६ लाख ८२ हजार रुपैयाँ संकलन भइसकेको स्रोतले जनाएको छ । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शनक्रममा तोडफोड र फोहोर गरेको आरोपमा महानगरले जरिवाना तिराउने निर्णय गरेको थियो ।
महानगरले विभिन्न शीर्षकमा आठ पत्रमार्फत पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
उक्त पत्र लिएर आइतबार बिहान महानगरको नगरप्रहरी टोली निर्मलनिवास पुगेको थियो । तर, निर्मलनिवासले पत्र नबुझेपछि हुलाकमार्फत जरिवानापत्र पठाइएको थियो ।