१८ चैत्र, काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा १ हजार १०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
जुन मूल्य आजसम्मकै उच्च हो । यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।