|  

प्रधानमन्त्री ओली भोलि थाइल्याण्ड जाने

१८ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा आफू भोलिबाट मित्रराष्ट्र थाइल्याण्डको भ्रमणमा जाने जानकारी गराएका छन् ।

२० गतेबाट औपचारिक भ्रमण सुरु हुने र त्यहाँका प्रधानमन्त्रीसँग भेटघाट हुने जानकारी गराए ।कुटनीतिक सम्बन्ध स्थापनापछि नेपालको प्रधानमन्त्रीको पहिलो भ्रमण भएको ओलीले बताए ।