|  

तीनकुने घटनामा संलग्न सबैलाई कारबाही हुन्छः ओली 

१८ चैत्र, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको जिकिर गरे ।

‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ ओलीले भने, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ ।’