|  

पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली

१८ चैत्र, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा जाने भएका छन् ।

प्रतिनिधिसभा बैठक सकेर उनी माधवकुमार नेपालले २०७८ भदौमा एमाले विभाजन गरेर नयाँ दल खोलेयता पहिलो पटक समाजवादीको कार्यालयमा जान लागेका हुन् ।

ओली लेखक तथा वामआन्दोलनका पुराना नेता कमल कोइरालाको पार्थिक शरीरलाई श्रद्धान्जलि दिन आलोकनगर जान लागेका उनको सचिवालयले बताएको छ ।

कोइराला नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार हुन् । कोइरालाको आइतबार राति उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको थियो ।