१८ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङको बर्खास्ती बारेको विषय अदालतमा मुद्दा परिसकेकाले यसबारे थप चर्चा र बहस गर्न उपयुक्त नभएको जवाफ दिएका छन् ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले भने, ‘यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने यस सम्मानित सदनलाई जानकारी नै छ ।’ प्रधानमन्त्रीले कुनैपनि कर्मचारीबाट विभागीय मन्त्रीले लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम नगर्ने पनि बताए ।
‘यत्ति चाहिँ भनौं, सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफुप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम गर्दैन । विभागीय मन्त्रीको फिलिङ सहि कि गलत, त्यसको पनि परीक्षण होला । हुने ठाउँमै होला’, प्रधानमन्त्रीको भनाइ छ ।