१८ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘संवेदनाहीन’भनेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा शर्माले ‘मानवीय संवेदना नएभका’पूर्वराजा शाहको पक्षमा लागेकाहरूमाथि पनि प्रश्न उठाए ।
‘तीनकुनेमा एकजना पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर हत्या गरियो भने अर्का श्रमजीवी सविन महर्जनको पनि त्यही ज्यान गयो,’शर्माले भने, ‘त्यसरी आफ्नै उक्साहटमा भएको पदर्शनमा नागरिकको ज्यान जाँदा दुःखी भएका छौँ, दुःखी भइबक्सेका छौँ भन्न पनि नसक्ने कस्तो संवेदना ?’