१८ चैत्र, काठमाडौं । भूकम्पको पिडामा रहेको म्यानमारलाई नेपालले राहत सहयोग गर्ने भएको छ । यसका लागि परराष्ट्र मन्त्रालय समन्वय गरिरहेको हो ।
त्यहाँको सरकारलाई के, कति र कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज राहत सहयोगका बारेमा परराष्ट्र मन्त्रालयमा विभिन्न मन्त्रालय तथा सरोकारवाला पक्षसँग छलफल गर्ने बताइएको छ ।
शुक्रबार ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठुलो क्षति पुर्याएको छ । भूकम्पबाट १७ सयभन्दा बढीको निधन भइसकेको छ भने साढे तीन हजार भन्दा बढी घाइते भएका छन् ।