१८ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन् ।
बैठक प्रचण्डको निजी निवास खुमलटारमा अपराह्न ४ बजे बस्नेछ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थगित तराई मधेस जागरण अभियान सञ्चालन लगायत विषयमा छलफल हुनेछ ।
फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र असफल भएको भाष्यसहित राष्ट्र बचाउन आफूलाई साथ दिन आग्रह गरेपछि सडकमा राजावादीहरू सक्रिय देखिएका छन् ।
चैत १५ गते राजधानीको तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि माओवादीले ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्ने बताउँदै आएको छ ।