|  

माधव नेपालकाे प्रश्नः पूर्वराजा शाहले के त्याग, तपस्या, योगदान गरेका छन् ?

१८ चैत, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेको बताएका छन् ।

सोमवार काठमाडौंमा पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले इतिहास भइसकेको राजालाई ब्युँताउने कोशिस भइरहेको भएपनि सम्भव नरहेको जिकिर गरे । उनले पूर्वराजा शाहले के त्याग, तपस्या, योगदान गरेका छन् ? भन्दै प्रश्न गरे । इतिहास फेरि पछाडि फर्किन नसक्ने बताउँदै उनले नेपाली समाज सामन्तवादको युगमा फर्किन नसक्ने धारणा राखे ।

अध्यक्ष नेपालले जनताका छोराछोरी देशको राष्ट्रपति बन्न पाउने की नपाउने भन्दै प्रश्न समेत गरे ।