|  

संसद्को चालु अधिवेशनको अन्तिम बैठक बस्दै, तीन विधेयक पारित गरिने

१९ चैत्र, काठमाडौं ।  संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकसँगै संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य हुनेछ । सरकारले आज राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरिसकेको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०८१ तथा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।