|  

स्वास्थ्य विभागका २० हजार कर्मचारी हटाउँदै ट्रम्प प्रशासन,  बर्खास्त गरिएको इमेलको प्रतीक्षामा बस्न निर्देशन

१९ चैत्र, काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागमा २० हजार जति कर्मचारी हटाउने योजना बनाएको छ ।

यो घोषणासँगै देशभरका सार्वजनिक स्वास्थ्य संस्थामा कार्यरत करिब ८२ हजार कर्मचारी आतंकित भएका छन् । स्वास्थ्य तथा मानव सेवा विभागका कर्मचारीलाई जुनैसुकै बेला जागिरबाट बर्खास्त गरिएको इमेल आउन सक्ने भनिएको छ ।

इमेलको प्रतीक्षामा बस्न उनीहरूलाई निर्देशन दिएको छ । सोमबार कामबाट निस्कने तयारी गरिरहेका खाद्य तथा औषधि प्रशासन (एफडीए)का केही कर्मचारीलाई आफ्ना ल्यापटप ‘प्याक’ गर्न र अब जागिरमा फर्कने सम्भावना नरहेको भनिएको बताइएको छ ।

गएको शुक्रबार सरुवा रोग नियन्त्रणमा काम गर्ने दर्जनौँ कर्मचारीलाई बिदामा पठइएको थियो ।