१९ चैत्र, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।
लामिछाने बिहान १० बजे सिंहदरबारस्थित सभामुखको कार्यालयमा घिमिरेलाई भेट्न जान लागेका हुन् । भेटमा रास्वापाका अन्य सांसदहरू पनि सहभागी हुने कार्यक्रम रहेको छ ।
भेटका क्रममा लामिछानेले आफ्नो पद निलम्बन फुकुवाबारे सभामुखको ध्यानाकर्षण गराउने बताइएको छ ।