|  

राजावादीहरुले जलाइएका गाडी नारायणहिटी संग्रहालयमा राखौंः योगेश भट्टराई

१९ चैत्र, काठमाडौं ।  नेकपा (एमाले)का सांसद योगेश भट्टराईले चैत १५ गते तीनकुनेमा जलाइएका गाडीहरू नारायणहिटी संग्रहालयमा राख्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले देशमा राजा आए के हुन्छ भन्ने कुरा नयाँ पुस्तालाई देखाउन जलाइएका ती गाडीहरू संग्रहालयमा राखिनुपर्ने र जलाइएका भवनहरू दस वर्षसम्म जस्ताको तस्तै राख्नुपर्ने बताएका हुन्।

‘अब ल्याउन लागिएको राजतन्त्र नयाँ पुस्तालाई थाहा दिनुपर्छ। त्यसकारण अस्ती जलाइएका सबै गाडी लगेर नारायणहिटी संग्रहालयमा राखौं। जलाइएको सरकारी भवन बरू १० वर्ष क्षतिपूर्ति दिऔं जस्ताको तस्तै राखौं। देखाइदिऊँ एकपटक दुनियाँलाई राजा आए के गर्दा रहेछन् भनेर। जडिबुटी उद्योग जस्ताको तस्तै राखौं,’उनले भने।