|  

म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

१९ चैत्र, काठमाडौं ।  म्यान्मारमा भूकम्पका कारण मृत्यु हुनेको संख्या दुई हजार ५६ पुगेको छ ।

शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार ५६ पुगेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् ।

अझै २७० जना हराइरहेका छन्, जसका कारण मृतक संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

म्यान्मार को दोस्रो ठूलो सहर मण्डले भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो । यहाँ तीन दिनदेखि हजारौँ मानिसहरू सडकमा रात बिताउन बाध्य छन् ।